काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
आज भईरहेको दुई अध्यक्षको छलफलबाट सचिवालय बैठक बोलाउने समेत सम्भावना रहेको छ।
साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिवार आफ्नो प्रतिवेदन बुझाएपछि उक्त प्रतिवेदनमा केन्द्रित रहेर छलफल शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया