काठमाडौं । आठ पटकका ओलम्पिक च्याम्पियन पूर्व फर्राटा धावक उसैन बोल्ट कोरोना संक्रमित भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी कोरोना संक्रमित भएको एक दिन अगाडि मात्र जमैकामा ३४ औँ जन्मदिन मनाएका थिए ।
Stay Safe my ppl 🙏🏿 pic.twitter.com/ebwJFF5Ka9
— Usain St. Leo Bolt (@usainbolt) August 24, 2020
उक्त जन्मदिनको अवसरमा इंग्लिस फुटबलर रहीम स्टर्लिङ समेत रहेका थिए । बोल्ट केहि दिन अगाडि मात्र कोरोना टेस्ट गरेको रिपोर्ट पोजेटिभ आएको हो ।

उनले २१ अगस्टमा आफ्नो जन्मदिन मनाएका थिए । उनले सोसल मिडियामा एक भिडियोज बनाएर आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया