काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको पाँचौं दिन तीनवटै सुरक्षा निकायका प्रमुखले कोभिड १९ को अवस्था समुदायस्तरमै फैलिएको र स्थिति भयावह उन्मुख रहेको ब्रिफिङ गरेका छन्। गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपानेसहितको उपस्थितिमा गृह मन्त्रालयमा आयोजित सुरक्षा ब्रिफ्रिङ बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख चक्रबहादुर बुढा, गृहमन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र इन्द्रजित राईले काठमाडौं उपत्यकाभर कोरोनाको संक्रमण दर बढेको र स्थिति भयावह उन्मुख रहेको बताए।
उनीहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा स्वास्थ्यकर्मी आफैं बढी संक्रमित हुने अवस्था आएकाले सावधानीका उपाय अपनाउनुपर्नेमा जोड दिए। काठमाडौंभित्र अझै फैलिनसक्ने र पिसिआर परीक्षणका दायरा नपुगेको तथा फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षानिकायका कर्मचारी र स्वास्थ्यकर्मीलाई अझ जोगाउनुपर्ने आवश्यकतामा रहेको जोड दिएको मन्त्रालय स्रोतले जनाएको छ। राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया