पोखरामा भारतबाट आएका २ जनासहित ४ जनामा कोरोना संक्रमण

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबै संक्रमित व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर १३ का २ जना भारतबाट आएका हुन् भने अन्य २ जना व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६३९ पुगेको छ भने हालसम्म कुल संक्रमितको संख्या १८९५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?