काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७७ असार मसान्तसम्ममा ७३ बैंक तथा वित्तीय संस्थाहरुमा २ करोड ६० लाख खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम ६८९ अर्ब ४९ करोड निक्षेप सुरक्षण गरेको छ ।
२०७६ असार मसान्तमा २ करोड २२ लाख खातामा रहेको ६०३ अर्ब ३९ करोड निक्षेप सुरक्षण गरिएको थियो । कोषले २०७७ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको रु.६५ अर्ब ११ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ ।
२०७६ असार मसान्तसम्म रु.२५ अर्ब ६६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । यस्तै, विद्युतीय भुक्तानी उपकरणको बढ्दो प्रयोगका कारण केही महिनायता विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कारोबार एटीमएपछि मोबाइल र इन्टरनेट बैंकिङमार्फत भएको छ । कुन माध्यमबाट कति कारोबार भयो, विवरण हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया