नुवाकोटमा नौ सय बोट गाँजा फँडानी

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ । जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रनि फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्षति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?