काठमाडौं, २० फागुन – अकूत सम्पत्ति कमाएको आरोपमा मुद्दा खेप्दै आएका चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।अख्तियारले उनलाई ४ करोड २९ लाखको बिगो दाबी गर्दै आइरहेको थियो । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक समेत रहेका शर्माको ४ करोड २९ लाख ५४ हजार १ सय २४ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।फागुन २२ गतेलाई मुद्दाको पेसी तोकिएको छ भने उनलाई कर फर्छ्यौट आयोगको फैसला पनि विचारधीन भन्दै थन्किएर बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया