कोरोनाबाट नेपालमा थप तीन महिलाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला रहेका छन् भने ५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

आज मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) थप ७४३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?