अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रेमिट्यान्स आप्रबाह अघिल्लो आवको तुलनामा ०.५ प्रतिशतले मात्रै कमि हो ।

आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८ खर्ब ७९ अर्ब २७ करोड आप्रबाह भएको थियो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०।५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२।६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४।७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई ९८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५.० प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?