काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ८ सय ६ रहेको छ ।
कुल संक्रमित मध्ये ५८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १२८३ जना
प्रदेश २ मा ४२४३ जना
वाग्मती प्रदेश ७७५ जना
गण्डकी प्रदेशमा १६१७ जना
प्रदेश ५ मा ४२२६ जना
कर्णाली प्रदेशमा १९८२ जना
सुदूरपश्चिम प्रदेशमा ४३८० जना
त्यस्तै, नेपालमा आज (सोमवार) थप ७४३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १५७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया