काठमाडौं उपत्यकामा थपिए ठुलो संख्यामा कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंका १ सय ७७, ललितपुरका ३३ जना र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढिरहेको छ । हिजो मात्र काठमाडौं उपत्यकाका तीन जिल्लामा १ सय ६६ जनामा कोरोना पुष्टि भएको हो ।

आज नेपालमा थप ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?