काठमाडौं । चीनले अप्रुभल भन्दा पहिले ने कोरोना भ्याक्सीनलाई इमर्जेन्सी रुपमा प्रयोग गर्न अनुमति दिएको छ ।
यो भ्याक्सीन चीनकै एक कम्पनीले बनाएको हो । एक चिनियाँ अधिकारीका अनुसार भ्याक्सीन प्रयोगको स्विकृति भ्याक्सीन म्यानेजमेण्ट कानूनको रुपमा दिइएको छ ।
यो कानूनको अनुसार स्विकृति मिलेसँगै यो भ्याक्सीन शुरुमा हाई रिस्कका संक्रमितहरुलाई दिइनेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा जुलाईबाटै भ्याक्सीन मानिसहरुलाई दिँई रहिएको छ ।
यो भन्दा पहिला रुसले आफ्नो भ्याक्सीन स्पूटनिक भीको तेश्रो चरणको ट्रायल नसकिँदै भ्याक्सीन रजिस्ट्रेशन गराएको थियो । त्यति मात्रै होइन, यसको एक्सपोर्टको तयारी पनि शुरु गरेको छ ।
भ्याक्सीन इमर्जेन्सी प्रयोगका लागि ४ प्लान
चीनमा कोरोना भ्याक्सीन डेभलपमेण्ट टास्क फोर्सका हेड झेंग झोंगवेले भ्याक्सीन इमर्जेन्सीका लागि स्विकृति दिएको बताएका छन् ।
पहिलो: चरणमा मानिसको अनुमति पछि मात्र प्रयोग गरिनेछ ।
दोश्रो: चरणमा साइड इफेक्ट रोक्नको लागि लगातार मोनिटरिंग गरिनेछ ।
तेश्रो: यदि साइड इफेक्ट भएमा कसरी बचाउ गर्ने यसको प्लान पनि तयारी छ ।
चौथो: कम्पनसेशन प्लानको अनुसार नोक्शानीको भरपाई हुनेछ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया