काठमाडौं, २० फागुन – नेपाली काङ्ग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।प्रस्तावकमा विजयकुमार गच्छदार र मानबहादुर विक समर्थक बसेर देउवाको उम्मेदवारी परेको हो । त्यस्तै कोषाध्यक्ष सीतादेवी यादव प्रस्तावक र सञ्जयकुमार गौतम समर्थक सहित सिंहको उम्मेदवारी परेको छ ।कांग्रेसभित्रै यतिबेला नेतृत्वलाई लिएर छलफल चलिरहेको छ । दलको नेता को छान्ने भनेर भोलि निर्वाचन हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया