संविधान कार्यान्वयनमा सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका : नेता लेखक

भीमदत्तनगर, ८ असोज।नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान निर्माणदेखि कार्यान्वयनसम्म सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।गहृ जिल्ला कञ्चनपुरको भीमदत्तनगरमा आइतबार सञ्चारकर्मीसित दशैँको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता लेखकले प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचन स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा गराउन सञ्चारमाध्यमको भूमिका आवश्यक रहेको बताए ।“आगामी निर्वाचन सकिएपछि संविधानको पूर्ण कार्यान्वयन हुन्छ,” उनले भने । विकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्ने बताउँदै लेखकले समृद्धिका लागि राजनीति गर्नुपर्नेमा समेत नेता लेखकको जोड थियो । “अब विकासका लागि केन्द्रित हुनुपर्ने बेला आएको छ”, उनले भने ।केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा शिलान्यास गरेको चार लेनको पक्की पुल निर्माणका विषयमा शंका नगर्न नेता लेखकले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?