कोरोना संक्रमितमा किन नष्ट हुँदैछ सुँघ्ने क्षमता ? वैज्ञानिकले गरे डरलाग्दो खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारीले सबैलाई हैरान बनाएको छ । विश्वका २१३ वटा देशहरुमा पुगिसकेको यसको प्रकोपका कारण अहिलेसम्म विश्वमा ८ लाख भन्दा धेरैको मृत्यु भईसकेको छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको यो संक्रमणका कारण मानिसहरु हालसम्म पनि घरमै थुनिएर बस्न बाध्य भएका छन् ।

यसैबीच वैज्ञानिकले डरलाग्दो खुलासा गरेका छन् । हालै मात्र भएको एक शोधमा कोरोना संक्रमित भएपछि मानिसको सुँघ्ने क्षमतामा कमी हुँदै गएको पत्ता लागेको छ । यसको कारण पनि वैज्ञानिकmले पत्ता लगाएका छन् ।

European Respiratory Journa मा प्रकाशित शोधमा कोरोनासँग जोडिएका केहि डरलाग्दा तथ्य पत्ता लागेका छन् ।

यो शोध प्रोफेसरProfessor Andrew P. Lane र Dr. Mengfi Chen को नेतृत्वमा भएको थियो । पी लेनले २३ संक्रमितको नाको टिशुको स्याम्पल परीक्षण गरेका थिए ।

साथै साथ संक्रमितको विन्डपाइपमाथि पनि अध्ययन गरेका थिए । उनले भने, कोरोना भाइरस संक्रमण पछि नाकको सुँघ्ने क्षमतामा angiotensin-converting enzyme II को मात्र बढ्छ । जसका कारण मानिस सुँघ्ने क्षमता छोड्न बाध्य हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?