काठमाडौं । जर्मनीको फुटबल क्लब बायर्न म्यूनिखले छैटौँ पटक यूईएफए च्याम्पियन्स लीगको उपाधि जितेको छ ।
उसले फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मन –पीएसजी) लाई १ ० गोल अन्तरले पराजित गरेको छ ।
बायर्नका लागि एक मात्र विजयी गोल किंग्सले कोमानले हेडरबाट ५९ औँ मिनेटमा गरेका थिए । यो गोल जोसुआ किमिचले असिस्ट गरेका थिए ।
पीएसजीले ५० वर्षमा पहिलो पटक फाइनल खेलेको थियो । तर बायर्नले भने ११ औँ पटक फाइनल खेलेको थियो । जर्मन टिमले पछिल्लो फाइनल सन् २०१३ मा खेलेको थियो । जसमा बायर्न ने विजयी भएको थियो ।
यो खेल शुरु देखि नै रोमाञ्चक भएको थियो । पीएसजीका स्टार नेयमार र केलियन एम्बाप्पेले आफ्नो टिमलाई जिताउन धेरै कोशिष गरे पनि सफल बन्न सकेनन् ।
पहिलो हाफमा बराबरी भएको खेल दोश्रो हाफको ५९ औँ मिनेटमा गोल गर्दै बायर्नले अग्रता लिएको थियो ।
6 – FC Bayern München have won the European Cup/Champions League for a sixth time (level with Liverpool) and for the first time since 2012-13. Only Real Madrid (13) and AC Milan (7) have been crowned champions on more occasions. Peak. #PSGFCB #UCLfinal pic.twitter.com/a8bhDyHe6K
— OptaJoe (@OptaJoe) August 23, 2020
बायर्नले खेलमा २२ फल गरेको थियो भने पीएसजीले १६ वटा फल गरेको थियो । दुबै टिमका ४ ४ खेलाडीले एलो कार्ड पाएका थिए ।
किंग्स भन्दा अगाडि करीम बेन्जेमा (२०१८), जिनेदिन जिदान (२००२), मार्सेल डेसेली (१९९४) र बेसिल बोलीले (१९९३) मा गोल गरेका थिए । किंग्स भने फाइनलमा गोल गर्ने ५ औँ फ्रेन्ची खेलाडी बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया