काठमाडौं उपत्यकामा ३२०० नाघे कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । देशभर संक्रमितको संख्या ३२ हजार नजिक रहेको बेला उपत्यकामा पनि संक्रमण तीव्र रुपमा फैलिएको हो ।

आइतबारमात्रै काठमाडौं उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। जसमा एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला रहेका छन् ।

यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। जसमा १ सय ७३ पुरुष र ९९ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?