कोरोनाका कारण आजमात्रै गयो ९ जनाको ज्यान

काठमाडौं । पर्सामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । बिन्दवासीनी गाउँपालिका ३ इटियाहीकी ७० वर्षीया वृद्धाको नारायणी अस्पतालमा मृत्यु भएको हो । पर्सामै अर्का एक जनाको पनि मृत्यु भएको आइतबारको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा जानकारी गराइएको थियो । यस्तै सर्लाही र झापामा पनि १–१ जनाको मृत्यु भएको छ ।

यसबाहेक आजै भक्तपुर र काठमाडौंमा उपचाररत २ जनाको मृत्यु भएको छ भने रुपन्देहीको बुटवलमा २ जनाको मृत्यु भएको छ । यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक जनाको मुत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म कोरोनाबाट १४९ जनाको मृत्यु भएपछि आज थप ६ जना थपिएपछि मृतकको संख्या १५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?