सन्दीपको टिम दिल्ली क्यापिटल्स आईपीएल खेल्न दुबईमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागिता जनाउन दुबई पुगेको छ ।

आईपीएल खेल्ने दिल्लीको टिम चार्टर फ्लाईटबाट आइतबार दुबई पुगेको हो । दिल्लीका भारतमा रहेका खेलाडीहरु आइतबार दुबई गएका हुन् ।

दिल्लीका विदेशी खेलाडी भने सिधै दुबई पुग्ने छन् । नेपाली लेग स्पिनर सन्दीप दिल्लीसँग दुबईमै सामेल हुने छन् ।

Image

अहिले सन्दीप वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग ९सीपीएल० मा ब्यस्त छन् । सीपीएल सकिए लगत्तै उनी आईपीएलका लागि दुबई आउने छन् ।

आईपीएलमा सहभागिता जनाउन दिल्लीसँगै अन्य फ्रेन्चाइज टिमहरु पनि दुबई पुग्ने क्रम जारी छ । यसअघि मुम्बई इण्डियन्स, रोयल च्यालेजर्स बैंगलोर लगायतका टिम दुबई पुगिसकेका छन् ।

आईपीएलको १३ औं संस्करण दुबईमा सेप्टेम्बर १९ बाट शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?