१३ आश्विन २०८०, शनिवार

रौतहटमा माओवादीको अर्काे जित, कुश्वाहा बने कटहरियाका मेयर

२०७४,आश्विन,८,आईतवार ११:१४

0
Shares

काठमाडौं असोज ८ ।रौतहट जिल्लाको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्रका सियाराम कुशवाहा विजयी भएका छन् ।‘फिरोज’ नामले चिनीने कुश्वाहाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मेयरका उममेदवार अजय प्रकाशलाई पछि पार्दै विजय हाँसिल गरेका हुन् । कटहरिया नगरपालिककै उपमेयरमा माओवादी केन्द्रबाटै नजमा खातुन विजयी भएकी छन । माओवादी केन्द्रको भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाई.सि.एल.) का केन्द्रीय सचिव समेत रहेका कुश्वाहा त्यस क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।मेयर पदमा निर्वाचित कुश्वाहाले ४२३३ मत प्राप्त गरेका छन् भने भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय प्रकाशले ३६८२ मत प्राप्त गरेका हुन । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी सयल देवी यादवलाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेदवार नुरजहाँ खातुनले विजय हासिल गरेकी छिन् ।रौतहटको व्यापारिक केन्द्रको रुपमा परिचित कटहरीयालाई स्थानीय तहको निर्वाचनमा विशेष महत्वका साथ हेरिएको थियो । रौतहट, बारा, सर्लाहीलगायतका जिल्लामा ‘विकास पुरुष’का रुपमा स्थापित माओवादी केन्द्रका नेता तथा सहरी विकास मन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि कटहरीयालाई विशेष चासोका रुपमा हेरिएको थियो । त्यतिमात्रै नभएर कुश्वाहा मन्त्री साहका स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका थिए । साहको सचिवालयमा कुश्वाहा एक दशकदेखि निरन्तर रहदै आएका छन । यसपटक मन्त्री हुँदा समेत स्वकीय सचिव रहेका कुश्वाहा राजिनामा दिएर निर्वाचनमा होमिएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ११:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०