दक्षिण चीन सागर विवाद : ताईवानले चीनलाई फेरि दियो चेतावनी !

काठमाडौं । दक्षिण चीन सागर विवादले दिदिनै तनाव बढ्दै गईरहेको छ । चीन र अमेरिका, त्यस्तै ताईवान र चीनबीचमा पछिल्लो समय तनाव बढ्दै गएको हो ।

यसैबीच ताईवानले चीनलाई चेतावनी दिएको छ । ताईवानले चीनलाई यदि चीनले ताईवानलाई कुनै क्षति पुर्याए ताईवान चुप लागेर नबस्ने भन्दै चेतावनी दिएको हो ।

ताईवानका सेनाले आफूमाथि कोहि पनि दूश्मनले प्रहार गरेको सह्य नभएको बताएको हो । ताईवानी सेनाले भने, हामी कोहि पनि शत्रुले प्रहार गरेको हेरेर बस्न सक्दैनौँ, जस्तोलाई त्यस्तै जवाफ फर्काउनेछौँ ।

चीनले सीमावर्ती क्षेत्रमा आफ्ना सेना खटाएको भन्दै ताईवानले पनि २०० मरीन कमाण्डेजको एक कम्पनी प्रतास द्विपमा खडा गरेको छ ।

ताईवानले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गर्दै लेखेको छ, हाम्रो देशको सुरक्षाका लागि हामी अहोरात्र जयनको बाजी थाप्न तयार छौँ, हेलचेक्राँई नसम्जिओस्, हामी विरोधीलाई उसको भाषमा जवाफ दिन तयार छौँ ।

पछिल्लो केहि महिना यता दक्षिण चीन सागर विवाद चरम उत्कर्षमा पुगेको छ । अमेरिका र चीनबीचको यो विवाद झनै बढ्दै गईरहेकोले विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीन १ हजार वर्ष पहिला देखि दक्षिण चीन सागर आफ्नो भएको बताउँछ भने अमेरिका छिमेकी देशहरुले पनि बराबरी अधिकार पाउनु पर्ने बताउँदै आएको छ ।

दुबै देशले लडाकू विमान दक्षिण चीन सागरमा उडाईरहेका छन् । साथै विभिन्न धम्की तथा चेतावनी दिँदै आईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?