च्याम्पियन्स लिगको ६५ औं उपाधिका लागि बायर्न र पिएसजी भिड्दै

काठमाडौं । च्याम्पियन्स लिगको ६५ औं उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दै छन् ।

पोर्चुगलको स्टाडियो डा लुजमा हुने पलाइनल खेल नेपाली समयअनुसार आइतवार राति १२:४५ मा हुनेछ । दुबै टिम च्याम्पियन्स लिग उपाधि चुम्ने उदेस्यका साथ मैदान उत्रने छन् ।

बायर्नले हालसम्म ५ पटक च्याम्पियन्स लिग उपाधि हात पारेको छ भने पिएसजी पहिलो उपाधिको खोजीमा हुने छ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की गोल मेसिनको रुपमा उभिएका छन् । उनले ४६ खेलमा ५५ गोल गर्दै यो सिजन सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले च्याम्पियन्स लिगमा मात्रै १५ गोल गरिसकेका छन् । उनी एक सिजन १७ गोल गर्ने इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । उनी रोनाल्डोको कीर्तिमान बराबरी या तोड्ने अभियानमा हुनेछन् ।

बायर्नले क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध ८–२ गोल गर्दै सेमिफाइनलमा लियोनविरुद्ध ३–० को पराकिलो गोल अन्तर राख्दै फाइनल प्रवेश गरेको हो ।

त्यस्तै, पिएसजीले क्वाटरफाइनलमा एटलान्टाविरुद्ध २–१ को गोल अन्तर र सेमिफाइनलमा आरबी लाइप्जिगविरुद्ध ३–० को गोल अन्तर बनाउँदै फाइनल प्रवेश गरेको हो ।

युइएफए च्याम्पियन्स लिगको इतिहास :

युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ द्वारा आयोजित एक क्लब फुटबल प्रतिस्पर्धा हो जसमा युरोपेली क्लबहरूको शीर्ष-विभाजित क्लबहरू समावेश भएका हुन्छन् ।

च्याम्पियन्स लिग विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो । युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो । २०१२-१३ को च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी चरचामा रहेको थियो र त्यो खेल ३६० मिलियन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए ।

च्याम्पियन्स लिग सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई युरोपेली कप पनि भनिन्थ्यो । सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नाम (च्याम्पियन्स लिग)बाट खेल खेलाउन शुरु गरिएको थियो जसमा राउण्ड रोबिन र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही अनुसार खेल खेलाइएको थियो ।

हालसम्म रियल म्याड्रिडले सबै भन्दा धेरैपटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । रियल म्याड्रिडले १३ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको छ । रियल म्याड्रिडले सन् १९५६, १९५७, १९५८, १९५९, १९६०, १९६६, १९९८, २०००, २००२, २०१४, २०१६, २०१७, २०१८ मा च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो । त्यस्तै एसी मिलानले यो उपाधि ७ पटक आफ्नो नाममा गराइसकेको छ ।

त्यस्तै बार्सिलोनाले भने ५ पटकमात्र यो उपधि हात पारेको छ । साथै बायर्न म्युनिखले पनि ५ पटक नै च्याम्पियन्स लिग उपाधि हात पारेको छ ।

अगिल्लो सिजन च्याम्पियन्स लिगको उपाधिमा लिभरपुलले कब्जा जमाएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?