रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ ।
कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून सङ्ख्यामा रगत मौज्दात रहेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबारका लागि बुक गरिएका क्याम्पहरू सबै स्थगित भएका छन् । बिहीबार ३२ जना दाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत प्रदान गर्न सकिएको र ६१ जना रित्तो हात फर्किनुपरेको थियो । शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्त केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका छन् । रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले पर्याप्त रगत आपूर्ति गर्न नसकिएको बताए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया