आइडलसँगको नाताले परिवर्तित किरणको जीवन : ‘खाली पेटदेखी टप थ्री सम्मको यात्रा’ !

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करणको अन्तिम चरणमा छ । एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने कोरोना महामारीकाबीच रुमलिएको तेश्रो संस्करण पनि निकै चर्चामा रहेको छ ।

नेपाल आइडलको गत बिहीवारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको छ । अन्तिम ४ मा सिमित रहँदै चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट आफ्नो नेपाल आइडलको यात्रा टुङ्गाएसँगै अब आइडल फाइनलमा प्रवेश गरेको छ ।

नेपाल आइडल बन्ने सपनासहित आएका हजारौं प्रतिष्पर्धीहरुमध्ये अब किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेदवाल टप तीनमा आइपुगेका हुन् । कोरोना भयावहका कारण लामोसमय स्थगित भएको नेपाल आइडल फाइनल आगामी शुक्रवार हने भएको छ ।

अडिसन राउन्ड देखी टप ३ सम्म आइपुग्दा र आफ्ना जीवनमा आफुले गरेका प्रयास किरण भुजेल यसरी व्यक्त गर्छन्ः

अडिसनमा गाएको पहिलो गित ‘तिम्रो आँखामा आँशु हेरी हास्ने दिन देखीको अन्तिम गीत सुन साईली’सम्म आइपुग्दा आफुलाई निकै नै फरक पाएको छु । नेपाल आइडलले दिएको यो प्ल्याटफम जसले मलाई आफ्नो पहिचान दियो । पहिले साधारण पहिचान भएको किरण भुजेललाई अहिले हजारौं लाखौँ नेपाली जनताले माया गरिदिनु भाको छ उहाँहरुको मन जित्न सफल हुँदा साँच्चै नै खुशी लाग्छ ।”

आइडलबाट बाहिरको कुरा गर्दा पहिले मलाई अझै याद छ, कि मैले आफ्नै लगानीमा गित निकालेको बेला थियो त्यतिबेला मेरो गीतले राम्रो बजार पाँउन सकेको थिएन । धेरै साथिहरुले सकारात्मक प्रतिक्रिया दिनुभयो खुशी लाग्थ्यो । तर मेरो जीवनमा एउटा कुरा छ जसले मलाई यत्तिको काबिल बनायो । धेरै साथिहरुले सकारात्मक एवम हौसला प्रदान गरिरहेका बेला केही मानिसहरुले लत्याएर मजाक उडाएका थिए । कपियले त म सांगीतिक यात्राको लागि तयार नरहेको समेत प्रतिकृया दिएका थिए । मैले त्यसलाई इखको रुपमा लिए र आफु मेहेनत गर्न कहिल्यै छोडिन । मानिसहरु भन्ने गर्छन नि ‘इख बिनाको मानिस र विष बिनाको सर्पको केहि काम हुन्न’ भनेझै त्यहि इखले पनि मलाई सफलताको बाटोमा डोहोर्‍यायो, किरण मुस्कुराउदै भन्छन् ।

उनी लोकपथसँग आफ्नो बहको पोको फुकाँउछन्ः

२०६५ सालमा एसएलसी सकेर गायक बन्ने सपना बोकी गोजिमा जम्मा ३ हजार बोकी काठमाडौं आएको थिए । संगीत विषय पढ्न ललितकला क्याम्पस भर्ना भई बाँकी समय शास्त्रीय संगीतका प्रखर गुरु शिवराज पौडेलको सामिप्यमा बसेर शास्त्रीय संगीत सिक्थे । काठमाडौंमा विधार्थी जीवन, एक सामान्य परिवारको अभाव र आफ्नो सपनाको सार्थकताकोबीचको भागमा उभिँदा कति सम्म संघर्ष र त्याग गर्नुपर्छ भन्ने कुरा बुझेको छु भोगेको छु ।

संगीतको आकाशमा आफुलाई चम्किलो ताराको रुपमा स्थापित गर्न संगीत सिक्ने क्रममा गुरुकोमा संगीत सिक्न जान गाडी भाँडा तिर्ने पैसा समेत नहुँदा धेरै हिडेर पनि गएको छु खाजा समेत नखाई हिँडेको छु । उनी निराश हुँदै भन्छन् ।

नेपाल आइडलमा सशक्त प्रस्तुती दिई टप-३ (फाइनल) मा आएका किरण भुजेल एक अती नै संघर्षको घेराबाट आएका प्रतिष्पर्धी हुन । महोत्तरी जिल्लाको बर्दिबास अन्तरगत पर्ने गडन्त गाउँमा सामान्य परिवारमा जन्मेका किरण बाल्यकालबाटै संगीतमा रुचि राख्ने र गाउने गर्थे । स्कुल र गाउँमा मात्र होइन बर्दिबास भरी नै उनको चर्चा हुने गर्थ्यो ।

सानो उमेरबाट नै स्कुलका शिक्षकहरु साथीभाई अनि आफन्तजनले पनि राम्रो गाउँछ्स गायक बन्नु पर्छ भनेर भनेको कुरा आज पनि किरण सम्झन्छन् ।
बिस्तारै आफु संगीतमा अब्बल हुन थालेपछी काठमान्डौंका प्राइभेट स्कुलमा संगीत विषय पढाउन थाले र साँझ होटेलहरुमा गीत गाउन थाले ।

आइडल आउनु अघि पनि निक्कै गित गाएको छु तर ति गानाहरुलाई खास्सै राम्रो सांगीतिक चिनारी खासै दिन भने सकिन । उनले भने ।

आफुलाई प्रमाणित गर्न संगीतकारकोमा धाए, खोजी प्रतिभाको नामक टिभी शो, नेपाल आइडलको पहिलो सिजनमा प्रतिष्पर्धा ,भारतीय गायन प्रतियोगिताको सारेगमपा नामक शो मा नेपालबाट छनौट भएर भारत सम्म गए १ निकै गलेको आवजमा उनले सुनाए

एकपटक यो सब छाडेर पैसा कमाउन बिदेश जान्छु भन्दा साथी प्रेम घिमिरे, दिनेश न्यौपानेले मलाई रोके ।

उनको अन्तिम प्रस्तुती सुन साईँली बोलको गीतलाई सम्झदैँ भने प्रवासमा रहेका लाखौँ नेपाली माँझ आफ्नै पीडा जस्तो लागेर उनले गाएको थिए त्यो गित र निक्कै भावुक पनि भएको थिए त्यस क्षण ।

टप ७ बाट कम भोट प्राप्त हुँदा यही सिजनमा एकपटक आउट भइसकेका किरण पुनः वाइल कार्ड इन्ट्रि मार्फत कार्यक्रममा प्रवेश गरेका थिए । अहिले उनै किरणले टप-४ र ३ मा प्रवेश गर्दा सर्वाधिक भोट ल्याएका थिए । अभाव, संघर्ष र दृढ संकल्प सहितको सपनाको बिचबाट आफुलाई सम्हाल्दै , मिहेनत र प्रयासपछि अहिले किरण नेपाल आइडल सिजन-३ को फाइनल चरणमा छन । उनको प्रस्तुतीहरु दर्शकमाझ लोकप्रिय बनेका छन । नेपाल आइडल सिजन ३ ले आफ्नो सांगीतिक यात्रामा सुनौलो प्लेटफर्म दिएको उनी ठान्छन् ।

फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले आफुलाई मन पराएर भोट गर्ने महानुभावहरुप्रति धन्यबाद तथा आभारी हुँदै पुनः अघिल्लो चरणमा जस्तै अत्याधिक भोट गर्नका लागि पनि उनले अनुरोध गरेका छन् ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?