काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको आत्महत्या केस झनै लम्बिँदै गईरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुशान्तको ओटोप्सी (पोस्टमार्टम) रिपोर्ट सार्वजनिक भएको छ।
रिपोर्टका अनुसार सुशान्तको घाँटीमा ३३ सेन्टीमिटर लामो लिगेचर मार्क फेला परेको छ । अर्थात् गहीरो निशान भेटिएको हो ।
यस रिपोर्टमा सुशान्तका पिताका वकीलल विकास सिंहले सवाल खडा गरेका छन् । मृत्युको बेला भनिएका सबै कुराहरु पोस्टमार्ट रिपोर्टमा नभएको उनले बताएका छन् ।
अभिनेता सुशान्तले १४ जूनको राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
यस्तो छ रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया