बारामा अवैध १६ लाख रुपैयाँ बरामद

काठमाडौं । बाराको गढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीबाट अवैध १६ लाख रुपैयाँ बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार प्रहरी चौकी तेलकुवाबाट खटिएको टोलीले पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई चेकजाँच गर्दा खोल्दा मोटरसाइकलका चालक आफूले बोकेको झोला फ्याकी भागेको र सो चेकजाँच गर्ने क्रममा १६ लाख नगद भेटिएको हो ।

उनका अनुसार झोलामा ५०० दरको १६७६ थान र हजार दरको ७६२ थान नेपाली रुपैयाँ बरामद भएको छ । घटनाबारे अनुसन्धान हुनुका साथै अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?