कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १८ हजार ३ सय ५० जना रहेका छन् ।

कुल संक्रमित मध्ये ५९.६ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट हिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १२३६ जना

प्रदेश २ मा ४०५० जना

वाग्मती प्रदेश ७४३ जना

गण्डकी प्रदेशमा १५९२ जना

प्रदेश ५ मा ४३७७ जना

कर्णाली प्रदेशमा १९७४ जना

सुदूरपश्चिम प्रदेशमा ४३७४ जना

नेपालमा आज (शनिवार) थप ६३४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?