बढ्यो जोखिम : काठमाडौंमा एकैपटक थपिए १६० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा एकैपटक १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थपिएका २१६ जना मध्ये काठमाडौंका मात्रै १६० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैबीच नेपालमा आज (शनिवार) थप ६३४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

नेपालमा हिजो (शुक्रवार) ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?