काठमाडौं । अमेरिकामा राष्ट्रपतिको चु’नाव नजिकिँदै आईरहेको छ । यसैबीच राष्ट्रपतिको उम्मेदवारीका दुई नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बिडेन राष्ट्रपतिका लागि भीड्दै छन् ।
उनीहरुले आफ्नो पक्षबाट एकअर्कालाई विभिन्न आरोप र प्रत्यारोप लगाईरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार ३ नोभेम्बरमा हुने चुनावमा उनका प्रतद्वान्दी जो बिडेनले जिते अमेरिका चीनको गुलामी बनेर बस्नुपर्ने बताएका हुन् ।
चार दिवसीय भर्चुअलको अन्तिम दिनमा ७७ वर्षीय बिडेनले ७४ वर्षीय ट्रम्पलाई चुनौति दिन आधिकारीक रुपमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको लागि स्विकार गरेका थिए । साथै उनले ट्रम्पले कोरोनाबाट बच्न केहि गर्न नसकेको पनि बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले भने यदि चुनावमा बिडेनले जितेमा चीनको गुलामी बन्नलाई अमेरिका केहि समय नलाग्ने बताएका छ्न ।
एक उदाहरण दिँदै उनले भने, ‘बिडेनले कानून प्रवर्तनको बारेमा केहि कुरा गरेका छैनन्, उनी लोकतान्त्रिक शहरमा सुरक्षा ल्याउने कुरामा अनभिज्ञ छन्, जो सारा नियन्त्रण उनी भन्दा टाढा छ ।’
उनले थपे, ‘यदि मैले हारेँ भने चीन अमेरिकाको मालिक हुन्छ, त्यसैले म यस्तो हुन दिने छैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया