काठमाडौं । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि हात पारेको छ ।
शुक्रवार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि हात पारेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक एक गोल फर्काए ।
यससँगै सेभियाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिया ६ पटक युरोपा लिग जित्ने पहिलो टिम हो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया