काठमाडौं । कोरोना भाइरसको कहर सारा विश्वमा नै जारी छ । यसैबीच कोरोना भाइरस कहिले सकिएला भन्ने प्रश्न हामी सबैलाई उब्जिएको छ । तर कोरोनाको प्रकोप सकिने छाँटकाँट देखाउँदैन ।

झनै दिन प्रतिदिन थपिँदै गईरहेको छ । नेपाल सहित विश्वका २१३ वटा देशहरुमा यसको प्रकोप पुगिसकेको छ ।

गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको प्रकोपले हालसम्म ८ लाख भन्दा धेरै मानिसहरुको ज्यान गईसकेको छ भने २ करोड ३१ लाख भन्दा धेरुै संक्रमित भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले दुई वर्षमा कोरोना भाइरस सकिने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधोनोम घेब्रेयेससले १९१८ मा महामारुीको रुपमा फैलिएको स्पेनिस फ्लू सकिन दुई वर्ष लागेको बताउँदै कोरोना भाइरसको संक्रमण सकिन पनि दुई वर्ष लाग्ने बताएका हुन् ।

टेक्निको रुपमा विकसित भईसकेकोले त्यति समय नलाग्न पनि सक्ने उनले बताएका हुन् ।

उनले शुक्रवार भने, ‘हामीसँग अहिले टेक्निक र ज्ञान दुबै छ, त्यसैले पहिलेको जस्तो धेरै समय नलाग्न पनि सक्छ तर दुई वर्ष हामीले समयावधि राखेका छौँ, आशा छ त्यो बेलासम्म कोरोना भाइरसको संक्रमण सकिनेछ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया