प्रदेश १ : चैत १५ गते पेश्की बजेट ल्याउने सरकारको निर्णय

विराटनगर, २० फागुन । प्रदेश १ को सरकारले आगामी चैत्र १५ गते पेश्की बजेट ल्याउने निर्णय गरेको छ मन्त्रिपरिषदको आइतबारको बैठकले १५ चैतमा पेश्की बजेट ल्याउने निर्णय गरेको हो केन्द्रिय सरकारले जेष्ठ १५ मा मात्र बजेट ल्याउने भएकाले प्रदेश सरकारले असार मसान्तसम्मका लागि तत्काल खर्च गर्ने गरी पेश्की बजेट ल्याउनु परेको बताइएको छ । तत्कालका लागि कामचलाउ पेश्की बजेट ल्याउने र आगामी असार १ गते पूर्ण आकारको बजेट ल्याउने तयारी भएको हो बैठकले बजेटका लागि आर्थिक कार्यविधि विधेयक तर्जुमाका लागि स्वकृति प्रदान गर्ने निर्णय समेत गरेको छ मन्त्रिपरिषदको वैठकले प्रदेशमा सरकारले आगामी १०० दिनमा गरिने कामको कार्ययोजना बनाउने निर्णय गरेको छ । फागुन २२ गते सरकारको कार्ययोजना सार्वजनिक गरिने कार्यक्रम छ रानी–विराटनगर–धरान सडक परियोजना तथा प्रदेशमा भइरहेको महत्वपूर्ण विकास निमार्ण परियोजनाको प्रभावकारी अनुगमन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले निर्णय गरेको छ अब प्रत्येक बिहीबार प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ । नियमित बैठक बसेर प्रादेशिक आयोजना तथा कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?