काठमाडौं । शुक्रवार प्रदेश २ मा थप २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या प्रदेश नम्बर २ मा ८ हजार ३ सय ३१ जना पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उप–उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।
सबैभन्दा बढी पर्सामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ५०, बारामा ३९, धनुषामा २९, सिरहामा २१, सप्तरीमा १९, महोत्तरीमा १७ र रौतहटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया