काठमाडौं । भारतीय टिमकापूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा सन्यास घोषणा गरेका छन् । यससँगै उनीसँग जोडिएका किस्साहरु फेरि चर्चामा छन् ।
शान्त स्वभावका कारण धोनी ‘क्याप्टेन कुल’ उपनामले पनि चिनिन्छन् ।
आफ्नो ब्याटिङ, विकेटकिपिङ र कप्तानीका लागि उत्कृष्ट ठहरिएका धोनी कठिन परिस्थितीमा पनि शान्तसँग टिमलाई सम्हाल्थें, कहिलेकाँही नतिजा उल्ट्याइदिन्थें । खेल मैदानभित्रका उनका उपलब्धिबारे चर्चा गर्ने हो भने पुस्तकको पाना भरिन्छ ।
आज हामी उनको व्यक्तिगत जीवनबारे चर्चा गर्दैछौं । जतिबेला उनी क्रिकेट मैदानमा जमेका थिए, त्यति नै बेला उनको लभस्टोरी पनि चर्चामा थियो । कुनै समय उनको नाम बलिउड सुन्दरी दीपिका पादुकोणसँग जोडिएको थियो । तर छोटो समयमै दुुबै एकअर्कासँग टाढिए ।
यस समय धोनी टिमका कप्तान थिए र उनको करियर उचाईमा थियो । त्यस्तै, अर्कोतर्फ दीपिका पनि बलिउडमा जमेकी थिइन् । यही क्रममा धोनीले दीपिकालाई आफ्नो खेल हेर्नका लागि रंगशालामा बोलाए, दीपिका गइन् । यसरी दुुईबीच भेटघाटको सिलसिला शुरु भयो ।
धोनीले आफैं यस विषयको खुलासा गरिसकेका छन् कि दीपिका उनलाई निकै मनपथ्र्यो । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने दीपिकाले भनेपछि नै धोनीले त्यतिबेला आफ्नो कपाल काटेका थिए ।
धोनीलाई दीपिका यति धेरै मन परिसकेको थियो कि उनी जीवनसाथी बन्न चाहन्थें । तर यति नै बेला धोनीलाई थाहा भयो कि उनका साथी पनि दीपिकालाई मन पराउँछन् । यी साथी थिए, भारतका स्टार क्रिकेटर युवराज सिंह ।
युवराजले पनि दीपिकालाई मन पराउँछन् भन्ने थाहा भएपछि धोनीले साथीका लागि प्रेमको तिलाञ्जली दिए । यसपछि युवराज सिंह र दीपिकाको अफेयरबारे मिडियामा लगातार समाचार बन्न थाले । २००७ मा दीपिका युवराजलाई समर्थन गर्न जयपुर पनि पुगेकी थिइन् ।
मिडियामा त दीपिका र युवराजले इन्गेजमेन्ट गरेको समाचार समेत आइसकेको थियो । यस्ता अफवाहमा त्यतिबेला थप बल पुग्यो, जब दीपिकाको २२ औं जन्मदिनमा सिड्नीको एक रेस्टुरेन्टमा दुबैजना डिनर गर्दै गरेको अवस्थामा भेटिए ।
यद्यपी, दीपिकाले यी सबै समाचार अफवाह मात्रै रहेको दाबी गरेकी थिइन् । महेन्द्र सिंह धोनीले वर्ष २०१० मा साक्षी रावतसँग विवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया