काठमाडौं । चीनको एक माइनिंग कम्पनीले पपुवान्यूगिनीमा आफ्नो भ्याक्सीनको ट्रायलमा कोरोनाविरुद्ध कर्मचारीहरुको इम्यूनिटी बढाउने दाबी गरेको छ ।

यो रिपोर्ट शुक्रवार दि अस्ट्रेलियन नामक पत्रिकामा प्रकाशित भएको हो । रिपोर्टका अनुसार पपुवान्यूगिनीका हेल्थ मिनिस्टर जेल्टा वान्गले स्वास्थ्य मन्त्रालयले माइनिंग कम्पनीको यो औषधिको परिक्षण गरिरहेको बताए ।

जसका कारण यसलाई लिएर धेरै विवाद शुरु भएको छ । नेशनल प्याण्डेमिक रेस्पोन्स कन्ट्रोलर डेभिड म्यानिंगले बिहीवार नै पपुवान्यूगिनीमा कोरोना भ्याक्सीनको हुने वाला ट्रायल वा भ्याक्सीनमाथि ब्यान्ड गरेका थिए ।

पछि मात्रै नेशनल हेल्थ डिपार्टमेण्टले स्विकृति नदिएको पत्ता लागेको थियो । म्यानिंगले शुक्रवार आफ्नो बयानमा पपुवान्यूगिनीमा आयात हुने कुनै पनि भ्याक्सीनलाई हेल्थ डिपार्टमेण्टले अप्रुभल गर्न आवश्यक रहेको बताएका छन् ।

ट्रायलका सबै चरण, प्रोटोकल र प्रक्रियाबाट भ्याक्सीनको परीक्षण हुन आवश्यक रहेको उनले बताए । साथै उनले डब्ल्यूएचओबाट प्री क्वालिफाइड हुन आवश्यक रहेको पनि बताए ।

पपुवान्यूगिनीको मदांग शहरमा रहेको यो कम्पनीमा अहिलेसम्म सम्पर्क हुन सकेको छैन । कम्पनीको एक भ्याक्सीनेशन स्टेटमेण्ट डक्युमेण्टका अनुसार १० अगस्टमा चीनका ४८ कर्मचारीमाथि सार्स कोभिड-२ को भ्याक्सीन टेस्ट गरिएको थियो ।

रिपोर्टका अनुसार पपुवान्यूगिनीको स्वास्थ्य विभागले भ्याक्सीनेट भएका मानिसमा यसको केहि राम्रा र नराम्रा नतिना हुनसक्छन् ।

साथै म्यानिंगले चीनका राजदूतलाई एक पत्र लेख्दै यस केसको बारेमा स्पष्टिकरण मागेका छन् । अष्ट्रेलिया पपुवान्यूगिनीको छिमेकी राष्ट्र हो, साथै विदेशी सहायताको सबैभन्दा ठूलो केन्द्र । अस्ट्रेलियाको रिपोर्टका अनुसार चीनले राज्यको स्वामित्व भएको एद्यमका कर्मचारीहरुलाई प्रयोग गरेर उक्त क्षेत्रमा कोरोना भ्याक्सीनको परीक्षण शुरु गरेको छ । अस्ट्रेलियाको सरकारले पनि अहिलेसम्म यस विषयमा केहि बोलेको छैन ।

९० लाख जनसंख्या भएको पपुवान्यूगिनी खेतीमा निर्भर राज्य हो । अहिलेसम्म त्यहाँ ३६१ वटा कोरोनाका केस देखिएका छन् । तर पछिल्लो १ महिना या तीव्र दरले कोरोना संक्रमित बढीरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया