भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान शुरु गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले दैनिक ५०० यात्रुका लागि उडान तालिका बनाउने,  जसमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु नेपाल आउन सक्ने र उनीहरुको पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ हुनुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यसरी पीसीआर टेष्ट रिपोर्ट नेगेटिभ भई काठमाडौं आएकाहरुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिने र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने प्रवक्ता खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?