काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ सय ४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने हाल १२ हजार १ सय ३२ जना संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म ५९ प्रतिशत कोरोनामुक्त भइ घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया