सुशान्त आत्महत्या केस : पुलिसले सीबीआईलाई सुम्पियो कपडा, सीसीटिभी फोटो र ५६ स्टेटमेण्ट

काठमाडौं । भारतीय सर्वोच्च अदालतको आदेशपछि अब बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको केस सीबीआईले हेरिरहेको छ ।

मुम्बई पुलिसले ह्याण्डओभरको प्रक्रिया शुरु गरेको छ । सीबीआईको टिम पनि बान्द्र पुलिस स्टेशन भित्र रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिलेसम्म ५६बयानको ह्याडओभर सीबीआईलाई सुम्पिएको छ ।

त्यो बाहेर फोरेस्टिक रिपोर्ट, घटनास्थलको रिपोर्ट, ओटोप्सी रिपोर्ट, सुशान्तका तीन वटा मोबाइल फोन, उनको ल्यापटप, कपडाहरु सुम्पिएको हो ।

साथै उनको डायरी फाँसीमा प्रयोग भएका कपडाहरु समेत रहेका छन् । साथै सीसीटिभी फूटेज पनि सुम्पिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?