७ चैत्र २०७९, मंगलवार

दशैँ नजिकिएसँगै राजधानीबाट बाहिरिने यात्रुको संख्या बढ्यो

२०७४,आश्विन,८,आईतवार ०९:१९

9
Shares

काठमाडौँ, ८ असोज।नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो । यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन् । घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन् ।घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन् ।महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरे पनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको बताए ।यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए ।यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच÷छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०९:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक शिलान्यास गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले गोरखा पालुङटारमा २० किलोमिटर सडकको

बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको

काठमाडौं । चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन् । नेपाली चलचित्र ‘प्रेम गीत’

काठमाडौं । बिहान ८ बजेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६