भाडा तिर्न भएन २ हजार, गयो ज्यान

अत्यधिक रक्तस्रावले गुलरिया नगरपालिका–५ की ३२ वर्षीया महिला गुड्डी पालको घरमै मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले नेपालगन्ज रेफर गरेका थिए । परिवारले एम्बुलेन्स खर्च बेहोरेर नेपालगन्ज लैजान नसक्दा बुधबार ज्यान गएको हो ।
गुलरियाबाट नेपालगन्जको दूरी ३६ किलोमिटर छ । निषेधाज्ञाले अहिले सार्वजनिक यातायात सञ्चालनमा छैनन् । यहाँबाट नेपालगन्ज बिरामी पुर्‍याएबापत एम्बुलेन्सले अक्सिजनसहित २ हजार २ सय र अक्सिजनबिना २ हजार रुपैयाँ लिने गर्छ । अस्पताल परिसरकै एम्बुलेन्स चालकलाई आग्रह गरे पनि रकम नभएको बुझेपछि पुर्‍याउन नमानेको परिवारका सदस्यले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?