कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, २० फागुन । कांग्रेस संसदीय दलको नेता छनोटका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले दाबी गरेपछि कांग्रेसले चुनावका माध्यमबाट नेता छान्न लागेको हो संसदीय दलका नेता छान्नका लागि गठन गरिएको निर्वाचन समितिका अनुसार संसदीय दलको नेतामा उम्मेदवार बन्न चाहेकाले आइतबार साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् सोमबार विहान १० बजेदेखि १ बजेसम्म निर्वाचको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?