काठमाडौं । नेपाल प्रहरीका ४९ प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीवार उनीहरुको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको आज बसेको बैठकको निर्णय अनुसार भाद्र महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने गरी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जसअनुसार महानगरीय दँगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत अनुराग कुमार द्धिबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखान अनुसन्धान ब्यूरोमा सरुवा गरिएको छ ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत तुल बहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सरुवा भएको छ ।
भने हाल जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत अभि नारायण काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यायल प्रहरी महाशाखा टंगाल काठमाडौंमा सरुवा गरिएको छ ।
को कहाँ सरुवा ?





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया