काठमाडौं । भारतलाई दुई वटा वर्ल्डकप जिताएका भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले गत १५ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

त्यसपछि सारा भारतीयहरुले दुख व्यक्त गरिरहेका छन् । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धोनीलाई एक पत्र लेख्दै उनको प्रशंसा गरेका छन् ।

धोनीले मोदीको पत्रलाई लिएर ट्वीटरमा मोदीलाई धन्यबाद व्यक्त गरेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन्, ‘एक कलाकार, सैनिक र खेलाडीलाई प्रशंशाको कामना हुन्छ, सबैले उनीहरुको पहिचान गर्न सकुन्, धन्यवाद प्रधानमन्त्री मोदी, तपाईले दिनुभएको शुभकामनाका लागि ।’

मोदीले उनर्ला धोनीमा नयाँ भारतको आत्मा झल्किने पत्रमा बताएका छन् ।
एजेन्सीको सहयोगमा
An Artist,Soldier and Sportsperson what they crave for is appreciation, that their hard work and sacrifice is getting noticed and appreciated by everyone.thanks PM @narendramodi for your appreciation and good wishes. pic.twitter.com/T0naCT7mO7
— Mahendra Singh Dhoni (@msdhoni) August 20, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया