मिर्गौला फेर्न ‘नक्कली’ नाता

भक्तपुर, २० फागुन । मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ । मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको समाचार आजको अन्नपूर्ण पोस्टमा छ भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख मिर्गौला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठले बिरामीले नक्कली नाता प्रमाणपत्र ल्याउने गरेको बताइन् विदेशको तुलनामा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था भए पनि बिरामीले नक्कली नाता प्रमाणपत्र बनाउने गरेको उनले बताइन्। ‘नेपालमा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था छ’, उनले भनिन्, ‘तैपनि नक्कली नाता प्रमाणपत्रको कागजात ल्याउने गरेका छन् ।’मिर्गौला फेल भएका बिरामीलाई बचाउन सरकारले दान दिने बिरामीका आफन्तको दायरा फराकिलो बनाएको हो । जसअनुसार मिर्गौला दान दिने व्यक्ति कानुनअनुसार बिरामीको नाता पर्नुपर्छ कानुनले तोकेबाहेकका व्यक्तिले दिएको मिर्गौला दानभन्दा पनि किनबेच मानिन्छ, जुन गैरकानुनी हो । तर, कानुनी कारबाहीबाट बच्न नक्कली कागजात ल्याउने गरेको मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन् उनका अनुसार नक्कली कागजात बनाएर ल्याएको फेला परे प्रहरीको जिम्मा लगाउने चेतावनी दिएपछि भने नाताबाहिरका व्यक्तिहरू मिर्गौला दान गर्न हच्केको उनको अनुभव छ ‘नक्कली कागजात बनाएर मिर्गौला दान दिन आउने र मिर्गौला लिने बिरामीलाई प्रहरीको जिम्मा लगाउने भनेपछि केही व्यक्ति पछि हटेका छन्’, उनले भनिन् केन्द्रमा आएर जाँच गराइसकेका बिरामीले नै नक्कली नाता प्रमाणपत्र लिएर आउने गरेको उनले सुनाइन्। ‘सुरुदेखि हामीले जाँचेका हुन्छौं । जाँचका क्रममा बिरामीका आफन्त को–को हुन, सबै जानकारी भइसक्छ’, उनले भनिन, ‘बिरामीका सबै नातेदार चिनिसक्दा पनि उनीहरू अर्कै व्यक्तिलाई नाता प्रमाणित गराएर प्रत्यारोपण गर्न आउने गरेका छन् ।’उनका अनुसार भारतबाट आउने बिरामीले झन् नक्कली कागजात ल्याउने गरेका छन् । यस्तो समस्या निम्तिएपछि भारतीय दूतावासबाट आउने प्रमाणलाई केन्द्रले आधिकारिक मान्दै आएको डा. श्रेष्ठले जानकारी दिइन् आफन्तले बिरामीलाई मिर्गौला दान दिन चाँडै तयार नहुने भएकाले प्रत्यारोपणकै लागि बिदेसिने बिरामीको संख्या पनि कम छैन । विशेषतः भारत गई लाखौं रुपैयाँमा मिर्गौला किनेर प्रत्यारोपण गर्नेहरूको संख्या धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?