के कोरोना ‘भ्याक्सीन’को प्रयोगपछि रुसी राष्ट्रपति पुटिनकी छोरीको मृत्यु भएको हो ?

काठमाडौं । सोसल मिडियामा अहिले कोरोनाविरुद्धको भ्याक्सीन लगाएपछि मृत्यु भएको भन्ने कुरा दाबी गरिएको छ । तर बास्तवमा उनकी छोरीको मृत्यु भएके हो त ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

अघिल्लो हप्ताको मंगलवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको दाबी गरे ।

उनले भ्याक्सीन बनाएको दाबी मात्र गरेनन्, आफ्नी छोरीले समेत उक्त भ्याक्सीन लगाएको बताएका थिए ।

त्यसपछि सामाजिक सञ्जाल र केहि अनलाइन समाचारमा उनकी छोरीको अवस्था भ्याक्सीन लगाएपछि बिग्रिएको बताइएको थियो । तर त्यसको केहि दिन पछि फेरि पुटिनकी छोरीको मृत्यु भएको कुरा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

https://twitter.com/AndObituary/status/1295147606952337411?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1295147606952337411%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fno-fake-news%2Fnews%2Ffact-check-russian-president-vladimir-putins-daughter-has-not-died-due-to-the-corona-vaccine-body-temperature-had-dropped-just-8-days-ago-127633459.html

११ अगस्टमा रुसी राष्ट्रपति पुटिनले रुसले कोरोनाविरुद्धको विश्वकै पहिलो कोरोना भ्याक्सीन बनाएको दाबी गरेका थिए ।

सामाजिक सञ्जालको यो खबर हामीले जताततै गूगलमा खोज्यौँ तर यसको कतैबाट पनि पुष्टि हुन सकेन छ ।

रुसका राष्ट्रपतिको अफिशियल ट्वीटर अकाउण्टमा यस बारेमा केहि पनि भनिएको छैन । बरु १२ अगस्टमा उनकी छोरीलाई भ्याक्सीन लगाएपछि उनको शरीरको तापक्रम १ डिग्री झरेको भने पाइएको छ ।

अन्तर्राष्ट्रिय समाचारका अनुसार पुटिनकी छोरीलाई दुई डोज दिइएको थियो ।

पुटिनका अनुसार पहिलो डोजमा उनकी छोरीको तापक्रम ३८ डिग्री थियो भने दोश्रो डोज दिँदा तापक्रमा एक डिग्री कम भएर ३७ मा आएको थियो । तर पछि बिस्तारै तापक्रम बढ्यो र सामान्य भयो ।

यहाँबाट सहजै भन्न सकिन्छ कि, सोसल मिडियामा भाइरल भईरहेको उनको मृत्युको खबर सबै झुठो हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?