निषेधाज्ञा लागू भएपछिको सुनसान काठमाडौं (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरेपछि काठमाडौं उपत्यका बिहीबार बिहानदेखि सुनसान देखिएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सिडिओ कार्यालयहरूले एक साताका लागि निषेधाज्ञा जारी गरेका छन्।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाका सवारी साधन चलिरहेका छन् ।

तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन । सडकका चोकचोकमा ठाउँठाउँमा ट्रापिक र नेपाल प्रहरीको उपस्थिति छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको देखिन्छ । अनावश्यक रुपमा हिँडेका मानिसलाई होल्डिङ सेन्टरमा राख्ने गरिएको छ ।

तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?