काठमाडौं । लिपुलेकलाई लिएर नेपाल र भारतबीचमा केहि महिना यता अवस्था तनावपूर्ण बनिरहेको छ ।

यसैबीच लिपुलेकमा चीनले आफ्नो सैन्य शक्ति बढाएको भन्दै भारतमा तरङ्ग पैदा भएको छ ।

भारतीय सञ्चारमाध्यमले चीनले लिपुलेकमा १५० लाइट कम्बाइन्ड आम्र्स ब्रिगेड तैनाथ गरेको बदाबी गरेको छ ।

यो ब्रिगेड दुई हप्ता पहिलाबाट नै तैनाथ गरिएको बताइएको छ । सीमा भन्दा लगभग १० किलोमिटर टाढा चिनियाँ सैनिक रहेको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

चीनले जुलाई महिनामा नै १ हजार सैनिक त्यहाँ तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यहाँ एक स्थायी चौकी बनाएर चिनियाँ सैनिक बसेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया