काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ८७ हजार २ सय २९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २४ लाख ४६ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५१ लाख ६५ हजार ७ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६२ हजार ४३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७५ हजार ६ सय १७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार १० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५६ लाख ७१ हजार ९ सय ४ पुगेको छ । हालसम्म ३० लाख २ हजार ३ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ४३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ४ सय ३४ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमित संख्या ३४ लाख १८ हजार ३ सय ६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १० हजार १ सय ७१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २५ लाख ५४ हजार १ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५३ हजार ९ सय ७८ पुगेको छ । बितेको २४ घण्टामा ६८ हजार १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २८ लाख ३४ हजार ७ सय ५५ पुगेको छ । हालसम्म २० लाख ९५ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ हजार ६४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ९ सय ९ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ८ सय २ जनामा कोरोना पुष्टि भएको र १ सय १७ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ३७ हजार ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ४९ हजार ४ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार २ सय ६४ पुगेको छ । हालसम्म ५ लाख ९२ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ५ हजार ४ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया