रौतहट । रौतहटमा एक पुजारीको हत्या भएको छ । जिल्लाको माधव नारायण नगरपालिकाको खेसरहिया हमुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हो ।
बुधबार राति साह मन्दिर अगाडि खाना खान लाग्दै गर्दा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले भने, “घटनापछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे थप अनुसन्धान हुनुका साथै अभियुक्तको खोजीमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया