कोरोना संक्रमण बढेसँगै बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा छलफल

काठमाडौं । उपत्यकासहित देशभर कोरोनाभाइरस संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग छलफल गरेका छन् ।

छलफलमा आगामी दिनमा चाल्नु पर्ने भूमिका र हालसम्म भएका प्रगतिका विषयमा कुराकानी भएको थियो ।

सीसीएमसीका प्रवक्ता महेन्द्र गुरागाँईले आजका बैठकमा आफ्नो कार्यक्षेत्रका विषयमा मन्त्रीहरुले प्रमलाई जानकारी गराएको बताए ।

बैठकमा प्रमले कुरा सुन्ने काम मात्रै भएको र फेरि बैठक बसेर थप निर्णय लिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?